बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्छु : प्रचण्ड | Khabarhub Khabarhub

बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्छु : प्रचण्ड


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनपक्षीय कामहरू गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गर्दै उनले वर्तमान सरकारले इतिहास नै सम्झिने गरी साहसिक र जनपक्षीय काम गरिरहेको दाबी गरे । 

अध्यक्ष दाहालले देशका ६ हजार ७४३ वडामा भर्चुअल माध्यममार्फत एकसाथ ब्यानर खोलेर अभियानको उद्घाटन गरे । 

सो क्रममा उनले सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे । 

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो ।

प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए । 

उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन नसकेको गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरूलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले हिजो विद्रोहको नेतृत्व गरेको स्मरण गर्दै अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने जिकिर गर्दै बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्ने उद्घोष गरे ।

उनले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भने, ‘जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौँ र सुध्रिन चाहन्छौँ भन्नुपर्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ०१ बजे

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी