प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता « Khabarhub

प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता


१६ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरूले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् । 

मासिक शृङ्खलाअन्तर्गत आयोजित काव्यगोष्ठीमा गायिका एवं प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष नमुना शर्माले भ्रष्टाचारविरुद्ध र तीजको कहरसम्बन्धी गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा कविहरू वैरागी जेठा, दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, पार्वती अधिकारी, लक्ष्मणदेव पाण्डे, गङ्गा खतिवडा, शिवहरि पाण्डे, नवीन पल्लव, रुवी सत्याल, जयराम विडारी, गङ्गाप्रसाद भेटवालले जनजीवनसँग सम्बन्धित रचना वाचन गरे ।

वाचित रचनामाथि टिप्पणी गर्दै उपाध्यक्ष शर्माले जनजीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत भएकाले यसले समाजको अग्रगमनका लागि योगदान दिने बताएकी थिइन् ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  २ : ५२ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६