आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु « Khabarhub

आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु


१६ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कराँची– अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी आदिवासी जिल्लामा आतंकवादीसँगको गोली हानाहानमा पाकिस्तानी सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको छ । 

खैवर पख्तुनख्वा प्रान्तमा प्रतिबन्धित तेहरिक ए तालिवान पाकिस्तान (टीटीपी) आतंकवादी समूहले गरेको आत्मघाती आक्रमणमा नौ सैनिकको मृत्यु भएको दुई दिनपछि यो घटना भएको हो।

उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मियाँ शाहमा शुक्रबार सेनाका जवानहरू गुप्तचर सूचनाको आधारमा खोजीका लागि त्यहाँ पुग्दा भिडन्त भएको थियो। घटनामा जारी विज्ञप्ति अनुसार आतंकवादीहरूले सेनाका जवानहरूलाई आक्रमण गरेपछि दुई समुहबीच गोली हानाहान भएको थियो।

 यस भिडन्तमा सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको थियो । मुठभेडमा एक आतंककारी पनि मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

सेनाले वजिरिस्तानमा आतंकवादलाई समाप्त गर्न अपरेशन चलाइएको बताएको छ। बिहीबार टीटीपी समूहले सेनामाथि गरेको आक्रमणमा नौ सैनिकको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ३ : २४ बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही