प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसक्यो : ओली | Khabarhub Khabarhub

प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसक्यो : ओली


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् । उनले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे ।

ओलीले देश बनाउने परिस्थीति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताए । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए ।

अध्यक्ष ओलीले यति , वाइडबडी लगाएतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गरे। उनले ८४ को निर्वाचनमा अरु सवै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

त्यस्तै उनले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : ३७ बजे

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

काठमाडौं– अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि