'प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय' | Khabarhub Khabarhub

‘प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय’


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा सुत्केरी अवस्थामा रहेकी सविनाको स्वास्थ्यमा शनिबार बेलुका एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएको र सोही क्रममा स्वास्थ्य परीक्षणका लागि सरकारी गाडी प्रयोग गरेको जनाइएको छ । सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडीको प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार राति फेसबुकमार्फत मेयर बालेनले महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । अराजक अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा जनाइएअनुसार नवजात शिशुलाई हाल मेडिसिटी अस्पतालको एनआईसीयूमा भर्ना गरिएको छ । स्वास्थ्य परीक्षणका साथै शिशुलाई स्तनपान गराएर घर फर्किने क्रममा सविना चढेको सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय रहेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : १५ बजे

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको