विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज भदौ १७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ३ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

भारतमै भएको अर्को सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यस्थित ठाणेमा सडक दुर्घटनामा परी अन्य दुई जना घाइते भएका ठाणेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ ।

विद्युतीय सवारीलाई ‘प्राथमिकता क्षेत्र ऋण’ को वर्गमा समावेश गर्ने प्रस्तावमा विचार गर्दै भारत

भारतको केन्द्रीय सरकारले विद्युतीय सवारी साधन (ईभी) लाई प्राथमिकता क्षेत्र ऋण (प्रायोरिटी सेक्टर लेन्डिङ) को वर्गमा समावेश गर्ने प्रस्तावमा विचार गरिरहेको एक जना वरिष्ठ अधिकारीले बताएका छन् ।

‘सरकारले प्राथमिकता क्षेत्रमा इभी समावेश गर्न एक प्रतिनिधित्व प्राप्त गरेको छ । आरबीआईले बैंकहरूको लागि प्राथमिकता क्षेत्र ऋण आवश्यकताहरू पुनः काम गर्नेबारे हेर्नेछ,’ ती अधिकारीले भने ।

यस विषयमा सरकार, भारतीय रिजर्ब बैंक (आरबीआई) र अन्य सरोकारवालाबीच छलफल हुने ती अधिकारीको भनाइ छ । आरबीआईको दिशानिर्देशअनुसार बैंकहरूले आफ्नो समायोजित शुद्ध बैंक ऋणको ४० प्रतिशत प्राथमिकता क्षेत्रमा विस्तार गर्न अनिवार्य ठानेको छ ।

हाल कृषि, लघु, साना तथा मझौला उद्यम (एमएसएमई), निर्यात ऋण, शिक्षा, आवास, सामाजिक पूर्वाधार र नवीकरणीय ऊर्जा गरी सात क्षेत्रहरूलाई प्राथमिकता क्षेत्र ऋण (प्रायोरिटी सेक्टर लेन्डिङ) को लागि विचार गरिएको छ ।

पीएसएलमा इभीको समावेशले यस क्षेत्रको लागि चलिरहेको सरकारको प्रतिबद्धताको बजार संकेत प्रदान गरेर लगानीकर्ताहरूको विश्वास बढाउन सक्नेछ ।

यसले वित्तीय संस्थाहरूलाई सेगमेन्टहरूमा प्रत्यक्ष कर्जा प्रवाह गर्नसक्छ । साथै बाध्यकारी अर्थशास्त्रको बाबजुद पनि ऋणको कमी कायम रहेको अवस्थामा प्रयोग गर्ने जनादेश प्रदान गर्छ। यस्तै यसले द्रुत र समतामूलक संक्रमण सुनिश्चित गर्न पनि सक्छ ।

जनवरी २०२२ को नीति आयोगको प्रतिवेदन अनुसार बिजुलीका दुई र तीन पाङ्ग्रे सवारी साधनका साथै व्यावसायिक प्रयोगका चारपाङ्ग्रे सवारी साधनहरूले प्राथमिकता क्षेत्रको ऋणमा इभी समावेश गर्नका लागि अनुकूल सेग्मेन्टहरू प्रतिनिधित्व गर्छन् ।

सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित

सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित भएका छन् । निर्वाचनमा ७०.४ प्रतिशत मत ल्याउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा उनले दुई जना प्रतिद्वन्द्वीलाई पारजित गरे ।

थर्मन भारतीय मूलका सिंगापुरका चर्चित अर्थशास्त्री हुन् । पिपुल्स एक्सन पार्टी (पीएपी) छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । थर्मनका प्रतिद्वन्द्वी आं कोक सन्गले १५.७ र तान किन लियानले १३.८८ प्रतिशत मत ल्याए ।

सिंगापुरमा राष्ट्रपति पद कार्यकारी पद होइन । यद्यपि, राष्ट्रपतिसँग वित्त भण्डारसम्बन्धि केही शक्ति भने हुन्छ । राष्ट्रपतिलाई स्वतन्त्र रुपमा बोल्न पनि यहाँ बन्देज छ । सिंगापुरको सरकारले चाहेको खण्डलाई राष्ट्रपतिलाई हटाउन पनि सक्छ ।

थर्मनले यअघि सिंगापुरका अर्थमन्त्री र उपप्रधानमन्त्रीका रुपमा कार्यभार निर्वाह गरिसकेका छन् । उनीसँग संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरेको अनुभव अनुभव छ । कुनैबेला उनी मुद्रा कोषको अध्यक्षको दाबेदारसमेत थिए ।

भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती

भारतले कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । सेप्टेम्बर २ देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो ।

कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ६ भारु लाग्ने जनाइएको छ ।

वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार शनिबारदेखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्नेछ । भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासितरुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो ।

यससँगै भारतसमेत ऊर्जा कम्पनीलाई लाभ कर लगाउने देशको सूचीमा प्रवेश गरेको थियो । भारतले सरकारले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपालसमेत लाभान्वित बन्नसक्ने देखिएको छ । तर, डिजेलमा लाग्ने निर्यात कर बढ्दा भने ठूलो लाभ नमिल्ने देखिन्छ ।

पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजना गर्दै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २३५ रुपैयाँको वृद्धि गरेको छ ।

रुसी सेनामा २ लाख ८० हजार भर्ती

रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् ।

युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए ।

रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।

सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : ५८ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा