चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह « Khabarhub

चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् ।

उनले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै विसं २०५८ सम्म चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ–नयाँ बेथिति थपिएको टिप्पणी गरे ।

“केही चलचित्रकर्मीले विसं २०५८ मा एउटा सम्झौता गर्नुभयो । राज्यकोषबाट पाउने सबै सेवा सुविधालाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो । विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो”, अभिनेता शाहले भन्नुभयो भने, “विसं २०४२ देखि २०५८ सम्म राज्यले चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो ।”

चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहिसक्नुभएका अभिनेता शाहले निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘लाहुरे’ ले भृकुटीमण्डपको हाइभिजन चलचित्र भवनबाट रु ३३ लाख मनोरञ्जन कर वापत फिर्ता पाएको स्मरण गरे ।

विदेशी चलचित्रको प्रदर्शनबाट उठेको करको रकमले बोर्डका कर्मचारीले तलब थाप्ने उल्लेख गर्दै उनले त्यसले नेपाली चलचित्रको हित गर्न नसक्ने बताए । “पुनः यसलाई स्थापना गर्ने हो भने नेपाली चलचित्र लयमा फर्कन्छ । अन्यथा नेपाली चलचित्र निर्माण गर्ने कुनै न कुनै स्थान त हुन्छ । तर, त्यो स्थान नेपाल हुँदैन”, उनलेब ताए ।

यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव ९केएलएफ० भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ आज बेलुकी समापन हुँदैछ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ४१ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच