अफिस गएर मस्तसँग सुत्नुस् तलब पाक्छ ! « Khabarhub

अफिस गएर मस्तसँग सुत्नुस् तलब पाक्छ !


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतिपय मानिसलाई कार्यालयको कामसँग दिक्क लाग्छ । कतिपय मानिसहरु कामको चाप बढी भएर तनावमा हुन्छन् । तर संसारमा यस्ता पनि कम्पनी छन् जहाँ मस्त सँग निदाए बापत उल्टै पैसा पाइन्छ ।

यो सुविधा जापानको हो । जापानको एक कम्पनीले आफ्नोमा काम गर्ने सबै कर्मचारीलाई पूरा निन्द्रा सुत्नका लागि पैसा दिने गर्दछ । क्रेजी इंक नामक उक्त कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि पैसा दिने गरेको बताइन्छ ।

समाचारमा जनाइएअनुसार कम्पनीले सबै कर्मचारीलाई नम्बर दिन्छ । अनि, त्यही नम्बर अनुसार जुन कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । त्यही परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले त्यस्तो नियम बनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ११ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी