पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना « Khabarhub

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी  – पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेर पुच्छर खसेको थियो ।

देशको सबैभन्दा ठूलो उक्त प्रान्तमा पाकिस्तानी सुरक्षाफौज दशकौंदेखि पृथकतावादी विद्रोहसँग लडिरहेको छ । बलुचिस्तानमा ठूलो मात्रामा चिनियाँ लगानी आयोजना सञ्चालित छन् । ती आयोजनालाई पृथकतावादी लडाकुहरूले नियमित रूपमा आक्रमण गर्न थालेपछि सुरक्षार्थ सरकारी सेना परिचालन भएका छन् ।

गत वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा छ जना सैनिकको मृत्यु भएको थियो भने एक महिना अघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य छ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : २५ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार