चीनले बनायो समाचार पढ्ने कृत्रिम ‘न्यूज एंकर’ « Khabarhub

चीनले बनायो समाचार पढ्ने कृत्रिम ‘न्यूज एंकर’


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मानव तयार गरेको छ । इन्टेलिजेन्स (एआई)मा आधारित समाचार बाचक चीनले तयार पारेको हो ।

चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो कृत्रिम न्यूज एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ ।

रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलाई दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ । अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाई यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ । यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ। ध्यान दिएर हर्दा नक्कली छुट्टयाउन सकिन्छ ।

यो भर्चुअल समाचार बाचकले अंग्रेजी म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुई भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।

बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताए ।

उनले बीबीसीलाई बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन । सिन्व्हा समाचार एजेन्सीले भनेको छ, ‘यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो ।’ वास्तविक समाचार बाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि ‘मेसिन लर्निङ’ को प्रयोग गरिएको छ ।

चीनले तयार पारेको पहिलो कृत्रिम समाचार बाचक विश्वकै पहिलो भर्चुअल समाचार बाचक हो । यसलाई विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तर यो रोबोट होइन यसलाई तपाईले पनि भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ५१ बजे

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी