सर्वाधिक उचाइमा खेलिँदै ‘गल्फ च्यालेन्ज’ | Khabarhub Khabarhub

सर्वाधिक उचाइमा खेलिँदै ‘गल्फ च्यालेन्ज’


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गण्डकी प्रदेश गल्फ सङ्घले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ सङ्घका संयोजक इन्द्र धारा विष्टले जानकारी दिए । उनका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, बुटवललगायतका सहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा चार जना महिला खेलाडीसमेत सहभागी बन्नेछन् । यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडीसमेत सहभागी बन्ने विश्वास आयोजकको छ ।

आयोजकका अनुसार इभेण्ट नौ होलमा तीनरचार ह्याण्डी क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’ को विजेतालाई घोडा वा सो बराबरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ । ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाइमा रहेको छ । यद्यपि यो ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’ मा दर्ता हुन भने बाँकी छ । यसअघि भारत सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । सो गल्फ कोर्ष तीन हजार नौ सय ७० मिटरको उचाइमा छ ।

“गत वर्षको प्रतियोगिताले नै विश्वका गल्फ प्रेमीको ध्यान खिचिसकेको छ विश्वस्तरमा प्रचार भएको छ । एक पटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ । यसलाई निरन्तरता दिएर प्रचारप्रसार हुनसके मुस्ताङमा गल्फ पर्यटनको ढोका खुल्नेछ ।’’ विष्टले भने

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ४९ बजे

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा 

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित