भारतले आफ्नो ‘इन्डिया’ नाम हटाउन लागेको हो ? « Khabarhub

भारतले आफ्नो ‘इन्डिया’ नाम हटाउन लागेको हो ?


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाल भारतले आफ्नो अङ्ग्रेजी नाम ‘इन्डिया’ हटाउन लागेको सर्वत्र चर्चा छ । भारतलाई ‘भारत’ र ‘इन्डिया’ सँगै ‘हिन्दुस्तान’, ‘आर्यव्रत’, ‘जम्मूद्विप’ जस्ता नामले पनि पुकारिन्छ ।

तर, नयाँ दिल्लीमा आयोजना हुन लागेको जी २० शिखर सम्मेलनअघिको डिनरका लागि राष्ट्रपति कार्यालयबाट पठाइएको निमन्त्रणामा ‘प्रेसिडेन्ट अफ इन्डिया’ हुनुपर्नेमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ । त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘प्रइममिनिस्टर अफ भारत’ भनिएको छ । यससँगै भारतले आफ्नो अङ्ग्रेजी नाम पनि भारत नै राख्न लागेको चर्चा चुलिएको छ ।

आलोचकहरु भने हालै विपक्षीहरुले गठन गरेको इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्स अर्थात् ‘इन्डिया गठबन्धन’ लाई काउन्टर गर्नका लागि भारत सरकारले नाम परिवर्तन गर्न लागेको बताउने गरेका छन् । यद्यपि साँस्कृति राष्ट्रवादी विचारधारा बोकेको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले भने विपक्षीसँगको डरले नभई औपनिवेशिक पहिचान हटाएर मौलिक पहिचानलाई प्रवर्द्धन गर्न ‘भारत’ शब्दलाई महत्व दिइएको बताउने गरेका छन् ।

कुनै देशले नाम फेर्नु नौलो हो ?

कुनै मुलुकले आफ्नो नाम फेर्नु नौलो कुरा भने होइन । उदाहरणका लागि थाइल्याण्डलाई कुनै समय सायाम भन्ने गरिन्थ्यो, उसले देशको नाम फेरेर थाइल्याण्ड राखेको छ । त्यस्तै, दक्षिण एसियामै श्रीलंकालाई पनि कुनै समय सिलोन भनेर पुकारिन्थ्यो ।

कुनै समय फारस भनेर चिनिने देशले पनि आफ्नो नाम परिवर्तन गरी इरान राखेको हो । युनानी र स्लाभिक पहिचानको मारमा परेको मेसेडोनियाले आफ्नो नाम परिवर्तन गरी उत्तरी मेसेडोनिया राखेको धेरै भएको छैन । त्यस्तै, टर्कीले आफ्नो केही महिनाअघि नाम फेरेर टर्किए राखेको छ ।

भारतीय संविधान

भारतीय संविधानको पहिलो खण्डको पहिलो बुँदामै ‘भारत, अर्थात्, इन्डिया, राज्यहरुको संघ हुनेछ ।’ भनिएको छ । इन्डिया शब्द मुलुकको संविधानको पहिलो खण्डको पहिलो भागमै रहेकाले मुलुकको नाम परिवर्तन गर्नका लागि पनि संविधान संशोधन गर्नुपर्ने कतिपय जानकारहरुको भनाइ छ ।

यस्तो अवस्थामा भारतमा सरकार एकलौटी रुपमा नाम परिवर्तन गर्न सक्दैन, यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने राजनीतिक मामिलाका जानकारहरुको भनाइ छ ।

भारत सरकारले आगमी सेप्टेम्बर १८ तारिखका लागि संसदको विशेष बैठक डाकेको छ । भारत सरकारले आफ्नो नाम परिवर्तन गर्नका लागि सोही बैठकमा प्रस्ताव ल्याउनसक्ने भारतीय राजनीतिक वृत्तमा चर्चा छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ०९ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर