पाकिस्तानमा आफ्नो समुदायविरुद्ध दमन बढ्दै गएकोप्रति सिख अगुवाद्वारा चिन्ता व्यक्त « Khabarhub

पाकिस्तानमा आफ्नो समुदायविरुद्ध दमन बढ्दै गएकोप्रति सिख अगुवाद्वारा चिन्ता व्यक्त


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पछिल्लो समय पाकिस्तानमा हिन्दू, इसाई, सिखजस्ता धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन बढ्दै गएकोप्रति पाकिस्तानी सिख अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

पूर्व जेठेदार गियानी हरप्रित सिंहले यसबारे हालै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले लामो समयदेखि दमनमा रहेका सिख समुदायप्रति विभेद हट्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफ्नो समुदायका मानिसहरु जबरजस्ती इस्लाम धर्मान्तरणको चपेटामा परेको भन्दै अल्पसङ्ख्यक समुदायको संरक्षण गर्न सरकारसमक्ष माग गरेका छन् ।

पाकिस्तानमा सिख समुदायका मानिसहरुको हत्या, उनीहरुको प्रार्थानास्थलमा तोडफोड, यातना, धर्मान्तरणजस्ता दमनको सिकार हुँदै आएका छन् ।

पाकिस्तानमा रहेका सिखसहित अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्ध जारी दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्ने मानव अधिकारवादीहरुको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १२ : ५३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना