क्यानले ल्यायो साढे ३६ अर्बको बजेट « Khabarhub

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०- ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

 अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।

प्राधिकरणले चालु आवमा रु १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण-सेयर लगानीका रुपमा रु छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।  

प्राधिकरणले पुँजीगत खर्चका लागि रु १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा रु दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च रु चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा रु पाँच अर्ब ८९ विनियोजन गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ०० बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको