सिञ्जामा खस पात्रो लागू « Khabarhub

सिञ्जामा खस पात्रो लागू


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ । 

गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

खस भाषाको संरक्षण र प्रवर्द्धनका लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेण्डरलाई प्रवर्द्धन गर्ने उद्देश्यले खस भाषामा महिनासमेत उल्लेख गरिएको छ । 

गाउँपालिका अध्यक्ष धितालले भने, ‘खस पात्रोमा खस संस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका मार्सी धानखेतीसहित बालीहरु, पुरातात्विक संरचना, ऐतिहासिक सिञ्जा उपत्यका, केदारनाथ क्षेत्रलगायत विभिन्न स्थान दस्तावेजीकरण गरिएको छ ।’

सोही पात्रोमा खस भाषाअनुसार महत्वपूर्ण तिथिमिति र दिवस पनि उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष शीतली रोकायाले जानकारी दिए। कक्षा १ देखि ३ सम्म  खस भाषाबाट पढाइसमेत हुने गरेको छ । ४ देखि ८ कक्षासम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ । आगामी वर्षको शैक्षिक सत्रबाट पढाइ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताए । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ४४ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या