काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’ « Khabarhub

काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परम्परागत खाना, संस्कृति–भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपामा बृहत् ‘काभ्रेपलाञ्चोक फूड फेस्टिभल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ सुरु गरिएको छ ।

दुई दिने उक्त कार्यक्रमअन्तर्गत बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भीमसेनस्थानसम्मको मार्गमा फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घद्वारा आयोजित फेस्टिभलको बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटाले बेलुन उडाएर संयुक्तरुपमा उद्घाटन गरे ।

सो अवसरमा विभिन्न झाँकी प्रस्तुत गरिएको छ । फेस्टिभलमा करिव ५० स्टलमा विभिन्न प्रकारका नेवारीलगायत खानेकुरा राखिएको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका जिल्लाध्यक्ष श्यामकुमार भालुले बताए ।

दुई सङ्घले असोज महिनादेखि संयुक्तरुपमा जिल्लामा हरेक महिना ‘फूड फेस्टिवल’ आयोजना गर्ने जनाएको छ । “बनेपाको यस फूड फेस्टिभल कार्यक्रम सकेपछि असोजमामा अर्को स्थानमा गर्नका लागि संयुक्तरुपमा योजना बनाउनेछौँ”, भालुले भने । उनका अनुसार जिल्लाको अन्य स्थानमा गरिने फूड फेस्टिभलमा बनेपामा गरिएकै प्रकृतिको कार्यक्रम गरिने छ ।

विशेषतः जिल्लाका मुख्य सहर तथा बजारमा गरिने कार्यक्रममा स्थान विशेष मौसम, तापक्रमका एवं मागका आधारमा रैथाने खाद्यान्नको परिकार व्यवस्थापन गरिने जनाइएको छ । सङ्घमा काभ्रेपलाञ्चोकको दुई सय होटल तथा रेष्टुराँ र ७० पार्टी प्यालेस आबद्ध छन् ।

यसैगरी आउँदो असोज १९ गतेदेखि १६ दिन बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करणको आयोजना गरिने भएको छ ।

बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेलामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन, खेलकुद विकास गर्ने उद्देश्य राखिएको छ । उक्त मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय स्टल रहने जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ०७ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या