पार्टीका सहमहामन्त्री यादवमाथि भएको आक्रमणको तरुण दलद्वारा विरोध « Khabarhub

पार्टीका सहमहामन्त्री यादवमाथि भएको आक्रमणको तरुण दलद्वारा विरोध


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेको छ ।

तरुण दलले पार्टीका सहमहामन्त्री एवं तरुण दलका पूर्वअध्यक्ष यादवमाथि भएको आक्रमणको विरोधमा रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा दलका अध्यक्ष विद्वान गुरुङलगायत तरुण दलका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाल तरुण दलले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध ¥याली गरेको थियो । सोही अवसरमा तरुण दलका नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् ।

सहमहामन्त्री यादवलाई यही भदौ २० गते रिपोर्टर्स क्बल नेपालमा भाषण गरेर निस्किँदै गर्दा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ५४ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम