आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल « Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार नेपाल कतारलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्ने कप्तान पारस खड्काले बताएका छन् । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको थियो ।

जुलाई ९ देखि २० सम्म मलेसियामा अभ्यास गरेको नेपाली टोलीका लागि कतारसँगको खेल तुलनात्मक रुपमा सहज हुनेछ । सिंगापुरमा रहँदा नेपाली टोलीले आफ्नो ‘पर्फमेन्स’ सुधारमा समेत ध्याान दिने कप्तान खड्काले बताइसकेका छन् ।

मध्ये क्रमलाई सम्हालिइर खेल्दै नेपाललाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कप्तान खड्का ओपनिङमा आएपछि नेपाली टोलीको यसअघिदेखिको ओपनिङ समस्या नदोहोरिने अनुमान लगाइएको छ ।

यसअद्धि नेपालले कतारसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा ४ एकदिवसीय र २ टी– ट्वान्टी खेल छन् ।

४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी–ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।
पहिलो पटक नेपाल र कतार सन् २००१ को आईसीसी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ४९ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको