निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह « Khabarhub

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा एमाले लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।

एमालेको यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो ।

निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र पराजित हरिप्रसाद रिजालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अवलम्बन गरिएको बताए ।

अध्यक्ष राधाकृष्ण कँडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई गुट र उपगुटका रुपमा बुझाउने गरी चलेका प्रचारप्रति आपत्ति जनाए ।

अध्यक्ष कँडेलले जारी गरेको विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारप्रति पूर्णरुपमा सजग र सचेत रहेको उल्लेख गरेका छन् ।

यस्तै उनले निर्वाचनमा पराजित भएका पार्टीका नेता रिजालले पनि पार्टीको प्रथम प्रदेश अधिवेशनमा लोकतान्त्रिक अभ्यासलाई सफल पार्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्र्ने सबैलाई आभार व्यक्त गरे ।

साथै पार्टीको आन्तरिक निर्वाचनमा जसले जिते पनि एमालेको जीत ठानेर अघि बढ्न सबैमा आह्वान गर्दै आफू पनि पार्टीको काममा जतिबेला पनि दृढ सङ्कल्पका साथ अगाडि बढ्न सदैव प्रयत्न गरिनै रहने कँडेलले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १० : ३५ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको