साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अझै सक्रिय छन् : अध्यक्ष ओली « Khabarhub

साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अझै सक्रिय छन् : अध्यक्ष ओली


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटिले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताएका हुन् ।

ओलीले सामाजिक सुप्रबन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको विशेष महत्व रहेको बताए । उनले मुलुकको अवस्थामा परिवर्तन ल्याएपनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे ।

ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरुमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफू जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहरिने खतरा कायमै रहेको बताए ।

उनले आयातित वस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे । मुलुकका उत्सव चाडपर्वहरुले आफ्ना खुट्टामा आफैँ उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ५ : ५४ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।