बीआरआईलाई टक्कर दिन भारत, साउदी अरब, अमेरिका र युरोपद्वारा बहुराष्ट्रिय परियोजनाको घोषणा | Khabarhub Khabarhub

बीआरआईलाई टक्कर दिन भारत, साउदी अरब, अमेरिका र युरोपद्वारा बहुराष्ट्रिय परियोजनाको घोषणा


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले मध्यपूर्व र पूर्वी युरोपसम्म पुग्नका लागि नयाँ रेलमार्ग तथा पानीजहाज करिडोरको योजना अघि सारेको छ । शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको जी २० शिखर सम्मेलनमा यसबारे घोषणा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समचार संस्था टाइम्स अफ इन्डियाका अनुसार चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई टिक्कर दिनका लागि भारत, अमेरिका, युरोपेली युनियन ईयू र साउदी अरबले नयाँ बहुराष्ट्रिय परियोजनाको घोषणा गरेका हुन् ।

यस बहुराष्ट्रिय रेलवे एवम् बन्दरगाह निर्माण गरिने यस परियोजनालाई आधुनिक मसला मार्ग अर्थात् स्पाइस रुटको रुपमा कार्य गर्ने जनाइएको छ ।

प्रचिन कालमा भारतबाट युरोपतर्फ मसला आपूर्ति हुने मार्गलाई परम्परागत रुपमा स्पाइस रुट भन्ने गरिन्छ । यस परियोजनाले विश्व अर्थतन्त्रको एक तिहाई हिस्सा भएका मुलुकको पारवहनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : ३० बजे

सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र

काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक

बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन