सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा « Khabarhub

सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलन घोषणा गर्दै कर्मचारीहरूले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

यसैगरी, भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ । यसअघि उनीहरूले सामुहिक सरुवाको माग गरेका थिए ।

 

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ६ : ५० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली