‘लभ यु हमेशा’ को टिजर सार्वजनिक « Khabarhub

‘लभ यु हमेशा’ को टिजर सार्वजनिक


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘लभ यु हमेशा’ को टिजर सार्वजनिक गरिएको छ । योसँगै फिल्मको रिलिज मिति पनि फाइनल गरिएको छ ।

पहिले भदौ ६ मा रिलिज हुने भनिएको यो फिल्म अब भदौ २७ मा रिलिज हुने निर्माण टिमले जनाएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको यो फिल्म लभस्टोरी जानरामा निर्माण भएको हो ।

प्राविधिक काम नसकिएकाले फिल्मको रिलिज मितिमा हेरफेर गरिएको जनाइएको छ । फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । फिल्मलाई भारतको कालेबुङ, सिलगुडीमा लगायतका स्थानमा छायांकन गरिएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ३० बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन