नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने  « Khabarhub

नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्दैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा याङ्गुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।

फिफा वरीयतामा नेपाल १ सय ७५औँ स्थानमा रहेको छ भने म्यानमार १ सय ६०औँ स्थानमा छ । 

यसपछि नेपालले लाओससँग खेल्नेछ भने म्यानमारले मकाउविरुद्ध खेल्ने छ । छनोटको प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ०१ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।