सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित « Khabarhub

सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन् । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीतबाट दुवैजना घोषित भएका हुन् ।

त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका भएकी हुन् ।

त्यस्तै गायिका जुना श्रीषको माइतीघरको सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल भइन् । त्यस्तै संगीतकार दिपक शर्मा छोरीको जिन्दगी दुई तिर बोलको गीतबाट सर्वोत्कृष्ट संगीतकार घोषित भए ।

प्रतिनिधि सभाको उपभामुख सम्माननीय इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा म्यूजिक खबर तीज म्यूजिक अवार्डकी अध्यक्ष सबिता पोखरेलको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ, गायिका मन्जु पौडेललाई संगीत नारीरत्न सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य टीका पुन, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ संगीतकार, गायक, निर्देशक नारायण रायमाझी, व्यवसायी तथा कलाप्रेमी उज्ज्वलजंग ठकुरी, बीजी मलका संचालक बासु गिरी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायिका प्राज्ञ सत्यकला राई, वरिष्ठ गायिका सीता थापा, वरिष्ठ गायिका हरिमाया गुरुङ, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपालको अध्यक्ष वसन्त वित्यासी थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ०५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर