स्व नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा « Khabarhub

स्व नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ ।

मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

यसैगरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डे, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेताहरु च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै