पार्टी एकताको काम लभगग सकियो, औपचारिकता दिन मात्रै बाँकी छ– प्रचण्ड « Khabarhub

पार्टी एकताको काम लभगग सकियो, औपचारिकता दिन मात्रै बाँकी छ– प्रचण्ड


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताको काम लगभग टुंगिसकेको बताएका छन् ।

एकताको कामले पूर्णता पाइसकेको उल्लेख गरेका प्रचण्डले त्यसलाई औपचारिकता दिने काम मात्रै बाँकी रहेको बताए ।

‘पार्टी एकताको काम प्रक्रिया अब करिब करिब निष्कर्शमा पुगि नै सक्यो । एक–दुई’टा विषयमा औपचारिकता दिन मात्रै बाँकी छ । केही दिन भित्रै हामी सबै कुरा टुंग्याउँछौं,’ ४१ औं पुष्पलाल स्मृति दिवसको अवसमार मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘यहि श्रावण महिनाभित्रै पार्टी एकताका रहे–पहेका काम पनि टुंग्याउने र स्थायी र केन्द्रीय कमिटीको बैठक पनि बस्ने हाम्रो लक्ष्य छ ।’

अध्यक्ष प्रचण्डले श्रावण महिनाभित्रै बस्ने केन्द्रीय कमिटीको बैठकबाट देशव्यापी अभियानमा जाने सम्बन्धमा निर्णय हुने पनि बताए ।

पार्टी एकता प्रक्रिया लम्बिएर देशभरका नेता कार्यकर्ताले जिम्मेवारी नपाएको भन्ने गुनासो देशव्यापी अभियानका क्रममा सम्बोधन हुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : ०० बजे

ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली

काठमाडौं- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको डीनर कार्यक्रममा

ड्रोनबाट यस्तो देखियो भत्काउँदै गरेको सुकुम्वासी बस्ती (तस्बिरहरु)

भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज– नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका