उपराष्ट्रपति यादवद्वारा स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त « Khabarhub

उपराष्ट्रपति यादवद्वारा स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गरेका नेता नेम्वाङलाई सहमति, सहकार्य र एकताको विकल्प नभएको भनी राजनीतिक दलहरूलाई घचघच्याइरहने व्यक्तित्वका रुपमा स्मरण गर्ने बताएका छन् ।

सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रुपमा उनले आफूलाई स्थापित गरेको भन्दै शोक सन्देशमा इलाम–२ बाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एकजना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उल्लेख छ ।

उपराष्ट्रपति यादवले एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै  मृतात्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ५२ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको