७० गोही शहर छिरे, खोजी कार्य जारी | Khabarhub Khabarhub

७० गोही शहर छिरे, खोजी कार्य जारी


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको एक शहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको छ ।

गत हप्ता दक्षिणी चीनमा आएको आँधीका कारण ठूलो वर्षा भएपछि हङकङ र अन्य क्षेत्रमा डुबान भएको थियो ।

गुआङडोङ प्रान्तको माओमिङ शहर वरपर बाढी र डुवान हुँदा एउटा व्यावसायिक गोही फार्म सञ्चालन गरिएको तालबाट ७० भन्दा बढी गोही भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन कार्यालयमा फोनको जवाफ दिने एक व्यक्तिले मङ्गलबार एएफपीलाई बताएअनुसार अधिकारीहरूले सरीसृपको उद्धारका लागि काम गरिरहेका छन् ।

ती व्यक्तिले अझै कति जनावर खुला अवस्थामा छन् वा अहिलेसम्म कुनै पनि फेला परेका छन् कि छैनन् भन्नेबारे केही बताएनन् ।

राज्य समर्थित बेइजिङ न्यूजले प्रकाशित गरेको एक भिडियोमा रातो पोसाक लगाएका उद्धारकर्मीहरूले डुङ्गामा बाढीका कारण पानी भरिएका खेतमा गोहीको खोजी गरहेको देखाइएको छ ।

थप तस्बिरमा दुई मिटर लामो खस्रो जनावर सडकमा लडिरहेको र उनीका मुख रातो टेपले बाँधिएको देखिन्छ ।

“गोही अझै पनि पानीमा छन् र धेरै सरकारी विभागहरूले तिनीहरूलाई समात्ने काम गरिरहेका छन्,” चाइना नेशनल रेडियो (सीएनआर) ले स्थानीय कृषि ब्यूरोलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

“गोहीको निश्चित सङ्ख्या गणनासहित घटनाको अनुसन्धान भइरहेको छ,” सीएनआरले भनेको छ ।

गोहीलाई चीनमा छालाका साथै मासुका लागि पनि हुर्काइन्छ, जुन कहिलेकाहीं परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ ।

सीएनआरका अनुसार उक्त क्षेत्रमा ‘गोही थीम पार्क’ र ‘देशकै सबैभन्दा ठूलो गोही प्रजनन शिविर’ पनि रहेको छ ।

वेइबो सोसल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूले गोही तालबाट बाहिरिएको र तिनीहरूलाई नियन्त्रण गर्न तत्काल सरकारी अधिकारीको थप ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ५९ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा