‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा | Khabarhub Khabarhub

‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् ।

भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । बक्स अफिसमा यसलाई अल्लु अर्जुन भर्सेस अजय देवगण, निर्देशक सुकुमार भर्सेस रोहित शेट्टीको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । अघिल्लो भागले भारतको राष्ट्रिय अवार्डमा सर्वश्रेष्ठ अभिनेता र संगीत निर्देशक विधा जितेको थियो । फिल्ममा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा रहनेछन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ४२ बजे

बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते

काठमाडौं– जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त

बैतडीमा बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द– बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु

प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल

काठमाडौं– जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।

जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

काठमाडौँ- जेन-जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू