इटहरीबाट सुरु भयो दयाहाङ र मिरुनाको ‘रंगेली’को छायाङ्कन « Khabarhub

इटहरीबाट सुरु भयो दयाहाङ र मिरुनाको ‘रंगेली’को छायाङ्कन


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको महाशिवरात्रीमा प्रदर्शन हुने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मंगलबारदेखि प्रारम्भ भएको छ ।

सुनसरीको इटहरीमा उक्त चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन् । रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायाङ्कन हुने निर्देशक अर्जुन सुवेदीले बताए ।

सोमबार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्क्रिप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो । मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन । छायाङ्कनको समयमा उपस्थित नभएतापनि चलचित्र छायाङ्कनको तालिका अनुसार क्रमशः कलाकारहरूले पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए ।

सबै प्रमुख कलाकारहरू अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, ‘दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भई रहनुभएको छ । मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिइरहनु भएको छ । हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ । त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ ।’

अभिनेता प्रवीण खतिवडाको छायाङ्कन सुरु भएको छ । प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधबार छायाङ्कन स्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन् ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’ मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

मिति २०८० सालको फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ । चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : २९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा