प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा | Khabarhub Khabarhub

प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

गौर– पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ विपक्षी बनाएका छन्।

सांसद साहको निर्देशनमा आफूलाई घेरा हाली हातपात गर्नुका साथै गाली बेइज्जत गरी मानमर्यादा र प्रतिष्ठामा आँच आउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : २४ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर