लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

लागूऔषधसहित पाँच जना पक्राउ


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित सोही नगरपालिका-६ जोरपाटी बस्ने सर्लाही हरिवन नगरपालिका-५ घर भएका ३९ वर्षीय गुलाम मन्सुलीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापाको  बाह्रदशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सल्मान आलमलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बारा सुवर्ण गाउँपालिका-२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ३६७७  नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सिटमुनी ४ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो । 

 मोरङको  विराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को.१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  २ : ४० बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा