सेयर बजारमा ३९.४८ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ३९.४८ अंकको वृद्धि


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक दिनको करेक्सनपछि नेप्सेले पुनः लय समातेको छ । सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ । 

 आज नेप्से सूचक ३९.४८ विन्दुले बढेर २००७.०६ अंकमा आएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

मौद्रिक नीतिपछि निरन्तर घटेको बजार आइबारदेखि सकारात्मक लयमा फर्किन थालेको थियो । तर, २ दिनको वृद्धिपछि मंगलबार फेरि घटेको थियो । बुधबार पुनः बजारले सुधारकै संकेत देखाएको छ । बुधबार बजार बढेपछि लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । 

मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजारको आरालो यात्रामा ब्रेक लाग्ने अपेक्षामा लगानीकर्ता बसेका छन् । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । यसबीचमा पनि नीतिगत सुधार भने हुन सकेको छैन । 

यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र एभरेष्ट बैंक परेका छन् । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ३ : ५७ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले