काठमाडौं – बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका छन्। देओल अभिनीत फिल्म ‘गदर २’ हलमा प्रदर्शन भइरहेको छ। फिल्मले बक्स अफिसमा सफलता हासिल गरिरहँदा अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका हुन् ।
भिनेता देओलले एक फिल्मका लागि ५० करोड भारू लिने बताएका छन्। यसअघि सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। सुरुमा उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।
फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ।
योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ।
प्रतिक्रिया