चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिव्र « Khabarhub

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिव्र


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडपर्व नजिकिएसँगै उदयपुरमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । 

बजारमा अखाद्य पदार्थको बिक्री वितरण भएको गुनासो आउन थालेपछी जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिव्रता दिएको छ ।  जिल्ला स्थित संयुक्त जिल्ला अनुगमन समितिले सदरमुकाम गाईघाट बजारका पसलहरूमा नियमित अनुगमन शुरु गरेको हो ।

चाडपर्व सुरु भएसँगै व्यापारीले म्याद गुज्रेका बस्तुहरू बिक्री गर्ने, अखाद्य बस्तुको बेचविखन गर्ने, दैनिक उपभोग्य वस्तुहरूको कृतिमा अभाव सृजना गर्ने जस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए ।

टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पदार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।

  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, त्रियुगा नगरपालिकाको कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार र प्रहरी सहितको टोलीले गाईघाट बजारका विभिन्न पसलहरूको अनुगमन गरेको छ । 

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ५ : ५४ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान