साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ माथि परिचर्चा | Khabarhub Khabarhub

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ माथि परिचर्चा


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो ।

प्राडा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गरेका हुन्। प्राडा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताए ।

उनले भने, ‘उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ–ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए पनि दुःखी छ ।’ पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने उनको भनाइ छ ।

उपन्यासको समिक्षा गर्दै साहित्यकार तथा समालोचक अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताए । उनले भने, ‘प्रकृति र परिवेशको उत्कृष्ट चित्रणले उपन्यास सुन्दर बनेको छ, यो पढ्दा चलचित्र हेरेको अभास हुन्छ ।’ उपन्यासमा पुरूष पात्रलाई केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यासभन्दा फरक पाटो भएको अधिकारीको भनाइ छ ।

कार्यक्रममा प्राडा गोविन्द भट्टराईले उपन्यास र त्यसका लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गरे । उनले उपन्यास पठनयोग्य र उत्कृष्ट भएको उल्लेख गरे ।

उपन्यास परिचर्चामा सहभागीले यसमा कल्पनाभन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले त्यसमा निबन्धको भाव झल्किएको बताए । सो अवसरमा उपन्यासका लेखक तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ सालतिरको भएको बताए ।

पूर्वी पहाडबाट तराईका उर्वर भूभाग तथा सुगम सहर हुँदै व्यक्ति कसरी अवसरको खोजिमा आइपुग्छन् भन्ने घटनालाई आधार बनाएर उपन्यास लेखिएको उनको भनाइ छ ।

पुराना र नयाँ पुस्ताका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको तिमिल्सिनाको भनाइ छ ।

सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको ‘अक्कर’ तिमिल्सिनाको चौथो कृति हो । उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ ।

लेखक तिमिल्सिनाका यसअघि ‘पुनर्मिलन’, ‘फूल र काँडा’ र ‘अन्त्यहिन यात्रा’ उपन्यास प्रकाशित भइसकेका छन् । यसका साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ‘बैंसको निर्वासित सहर’, ‘अनन्त आकास’ तथा तीन धारा’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ११ : १५ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १