चिकित्सक कुट्नेलाई कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

चिकित्सक कुट्नेलाई कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।

बिरामीको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ४ : १७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको