खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबारको मन्त्रिपरिषद बैठकले निकासा गर्छ : प्रधानमन्त्री प्रचणड « Khabarhub

खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबारको मन्त्रिपरिषद बैठकले निकासा गर्छ : प्रधानमन्त्री प्रचणड


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले निकासा गर्ने बताएका छन् ।

चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक र नीतिका कारण घोषित पुरस्कार निकासामा ढिलाइ भएको भन्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सबै रकम निकासा गर्ने बताएका हुन् ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने पनि बताए ।

असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ । जसमा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : १९ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका