इटाली बीआरआई सम्झौताबाट अलग हुने | Khabarhub Khabarhub

इटाली बीआरआई सम्झौताबाट अलग हुने


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रोम- युरोपेली मुलुक इटालीले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई सम्झौताबाट अलग हुने तयारी गरेको छ ।

अमेरिकी अखबार ब्लुम्बर्गलाई उद्धृत गर्दै इन्डिया ब्लुमले जनाएअनुसार अर्बौँ डलरको परियोजनाबाट कुनै लाभ नभएको निष्कर्ष निकाल्दै इटालीले यस सम्झौताबाट अलग हुने तयारी गरेको हो ।

यसअघि इटालियन रक्षामन्त्री गुइदो क्रोसेट्टोले पनि आफ्नो मुलुकले बीआरआईबाट पछि हट्ने तयारी गरेको बताइसकेका छन् । करिब डेढ महिनाअघि कोरिएरे डेला सेरा अखबारलाई दिएको अन्तरवार्तामा उनले ‘सम्बन्धमा असर नपर्नेगरी उक्त सम्झौताबाट कसरी पछि हट्ने भन्ने मुख्य मुद्दा रहेको’ उल्लेख गरेका थिए । अन्तरवार्तामा उनले चीन साझेदारमात्र नभएर प्रतिस्पर्धी पनि भएको बताएका थिए ।

इटालीले सन् २०१९ मा बीआरआई सम्झौतामा हस्ताक्षार गरेको थियो । यससँगै इटाली बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने जी ७ को पहिलो सदस्य मुलुक बनेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : ५४ बजे

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा