इटाली बीआरआई सम्झौताबाट अलग हुने « Khabarhub

इटाली बीआरआई सम्झौताबाट अलग हुने


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रोम- युरोपेली मुलुक इटालीले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई सम्झौताबाट अलग हुने तयारी गरेको छ ।

अमेरिकी अखबार ब्लुम्बर्गलाई उद्धृत गर्दै इन्डिया ब्लुमले जनाएअनुसार अर्बौँ डलरको परियोजनाबाट कुनै लाभ नभएको निष्कर्ष निकाल्दै इटालीले यस सम्झौताबाट अलग हुने तयारी गरेको हो ।

यसअघि इटालियन रक्षामन्त्री गुइदो क्रोसेट्टोले पनि आफ्नो मुलुकले बीआरआईबाट पछि हट्ने तयारी गरेको बताइसकेका छन् । करिब डेढ महिनाअघि कोरिएरे डेला सेरा अखबारलाई दिएको अन्तरवार्तामा उनले ‘सम्बन्धमा असर नपर्नेगरी उक्त सम्झौताबाट कसरी पछि हट्ने भन्ने मुख्य मुद्दा रहेको’ उल्लेख गरेका थिए । अन्तरवार्तामा उनले चीन साझेदारमात्र नभएर प्रतिस्पर्धी पनि भएको बताएका थिए ।

इटालीले सन् २०१९ मा बीआरआई सम्झौतामा हस्ताक्षार गरेको थियो । यससँगै इटाली बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने जी ७ को पहिलो सदस्य मुलुक बनेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : ५४ बजे

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

जानकी– अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौं– भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

खिलराज रेग्मीको सुझाव : निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्मलाई तलमाथि नगरौँ

काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन