द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु | Khabarhub Khabarhub

द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँसूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताएका छन्। 

लामो बर्सातका कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न सकिएको थिएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम सुरु गरेका छन् । 

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ ठूला बसहरू तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

विभागले दुई खण्ड बनाएर सडकको रेडमार्क गर्न थालेको छ । रत्नपार्कदेखि जडीबुटी, र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न सो सेवाको अवधारणा ल्याइएको हो । 

बिहान र साँझ कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन गरिने छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सो सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १२ : ४४ बजे

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

मनिला– यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने

अवैध लागूऔषधसहित दुई जना पक्राउ 

काठमाडौं– प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा