पाकिस्तानले नाका बन्द गरेपछि अफगानिस्तानमा प्रदर्शन « Khabarhub

पाकिस्तानले नाका बन्द गरेपछि अफगानिस्तानमा प्रदर्शन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगान पाकिस्तान सीमा क्षेत्रमा पर्ने टोखराम नाका बन्द भएको विरोधमा अफगानिस्तानको ननगरहार प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । लगातार नाका बन्द हुँदा जनजीवन अस्तव्यस्त बनेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

अफगानिस्तानको टोलो न्यूजका अनुसार पाकिस्तानले विभिन्न बहाना बनाउँदै नाका बन्द गरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीयले बताएका छन् । उनीहरुले अफगान एवम् पाकिस्तानी कूटनीतिज्ञहरुलाई वार्ताका माध्यमबाट तत्काल नाकामा कायम समस्याको समाधान गर्न आह्वान गरेका छन् ।

हालै पाकिस्तान अफगानिस्तान संयुक्त चेम्बर अफ कमर्शले नाका बन्द हुँदा सीमा क्षेत्रका दुबै तर्फका व्यापारीलाई १ अर्ब डलरको नोक्सान भइसकेको उल्लेख गरेको छ ।

अस्थीर सुरक्षा अवस्था रहेको अफगानिस्तान र पाकिस्तानबीचको सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडपका घटना सार्वजनिक हुने गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १० : ०४ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान