जम्मु काश्मिरमा सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी « Khabarhub

जम्मु काश्मिरमा सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काश्मिर– जम्मू कश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी छ ।

भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्। घना जंगल र पहाडको बिचमा आतङ्ककारीहरू  लुके पछि खोजी गर्न ड्रोन र हेलिकप्टरको समेत सहयोग लिइएको छ । दुवै पक्षबाट गोली हानाहान भइरहेको छ । 

आतङ्कवादीहरू पहाडको टुप्पोमा रहेको गुफामा लुकेर बसेको बताइएको छ । यद्यपि, कोकरनागको गडुलको जङ्गल क्षेत्रमा सुरक्षा बलको खोजी अभियान जारी छ ।

आतङ्ककारीको घेरालाई बलियो बनाउन सेनाले पहाडलाई घेरा हालेको छ । यसपछि पनि गतिरोध जारी छ । क्वाडकोप्टर, ड्रोन र अन्य आधुनिक उपकरणहरूद्वारा आतङ्ककारीहरूको निगरानी भइरहेको छ। 

पारा कमाण्डोले पनि अपरेशनको जिम्मा लिएका छन् । घना जङ्गल र पहाडी भूभागका कारण यो विशेष टोली तैनाथ गरिएको हो । यसबाहेक पहाडमा आतङ्ककारी लुकेको ठाउँमा रकेट प्रहार गरिएको छ ।

उल्लेखनीय छ कि कोकेरनागको गदुल जंगलमा आतंकवादीहरूको आन्दोलनको सूचना पछि सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफको राष्ट्रिय राइफलको संयुक्त दलले बुधबार बिहानै खोजी अभियान सुरु गरेको थियो। घेराबन्दीका क्रममा जङ्गल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरूले संयुक्त टोलीमाथि भारी गोलीबारी गरेका थिए ।

मुठभेडका क्रममा सेनाका १९ आरआर कमाण्डिङ अफिसर कर्नेल मनप्रीत, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी अपरेशन हुमायुन भाट मारिएका थिए । जुन घटनाबाट आक्रोशित भारतीय सुरक्षा फौजले आतङ्ककारीहरूलाई घेरा हालेका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ११ : ४३ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०