‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’ « Khabarhub

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पेरिस– नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् ।

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड  दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताए । सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्कासन गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

नाइजरको शान्ति–सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ता कब्जा गरेको दिनदेखि नै गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहोर्‍याउँदै आएको छ । 

राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति माक्रोँले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताए। नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहोर्‍याउँदै उनले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे। 

फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टेले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन् त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् ।  

फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ । सैनिक विद्रोहपछि नाइजरका नागरिकमा फ्रान्स विरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउनसक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक जना पूर्व फ्रान्सेली राजदूतले बताएका छन् । 

आफ्ना एक  जना छोरा र श्रीमतीका साथ सैनिक हिरासतामा रहेका राष्ट्रपति  बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उनको पार्टीले बताएको छ । हिरासतमा कष्टकर जीवन बिताइरहेका उनले कठोर सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन  स्वतन्त्रताका पक्षधर सबै नाइजरवासीलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १ : ३६ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका