नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल « Khabarhub

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । 

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए। 

नेम्वाङप्रति देखिएको सद्भाव र उनको अवसानपछि देखिएको सहानुभूतिले उनले सार्थक जीवन जिएको महासचिव पोखरेलले बताए । संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताए। 

‘एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ’, पोखरेलले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेलेको भूमिका अविस्मरणीय छ ।’

नेम्वाङ संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेको व्यक्ति भएको उल्लेख गर्दै नेम्वाङ एमालेको नेतामात्र होइन संवैधानिक र कानुनी सल्लाहकारका रूपमा पनि रहेको उनले बताए । नेम्वाङप्रति सम्मान गर्ने हो भने उनको भावना बुझ्नुपर्नेमा उनले जोड दिए । 

सभामा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, डा विजय सुब्बालगायत नेताहरुले नेम्वाङको योगदानलाई बिर्सन नसकिने बताएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : २१ बजे

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली

बालेन सरकारले नदीलाई सभ्यता, संस्कृतिका आधारमा संरक्षण गर्ने

काठमाडौँ – सरकारले नेपालका नदीलाई सभ्यता, संस्कृति, जैविक विविधता र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ