सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा | Khabarhub Khabarhub

सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद् रहे पनि त्यसलाई निष्कर्षमा पुर्‍याउनै पर्नेमा जोड दिए।

शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन सम्पन्न भएको जानकारी दिँदै उनले एक हिसाबले पूर्णता पाएको भए पनि केही काम अझै बाँकी भएकाले त्यसलाई पनि छिट्टै पूर्णता दिनुपर्ने उल्लेख गरे । शान्ति प्रक्रिया निष्कर्षमा पुगेको घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजदेखि हुन लागेको अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहित शान्ति प्रक्रिया अगाडि बढाइरहेको विश्व समुदायलाई जानकारी गराउने उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री दाहालले नेपाली मौलिक विशेषतासहितको शान्ति प्रक्रियाका बारेमा जानकारी गराउने स्पष्ट गर्दै यसलाई थप निष्कर्षमा पुर्‍याउनका लागि विश्व समुदायलाई अपिल गर्ने बताए।

जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा परेको प्रभाव तथा नेपालले भोग्नुपरेको समस्याका कारणसमेत प्रधानमन्त्रीले महासभामा विश्व समुदायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए। यस्तै अल्पविकसित देशहरूको अध्यक्षको हैसियतले प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जान लाग्नुभएको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसलाई समयको चापका कारण स्वाभाविकरूपमा लिन आग्रह गरे । चीन भ्रमणको क्रममा द्विपक्षीय सम्बन्ध विस्तार एवं विकास निर्माणलाई अगाडि बढाउने गरी प्रधानमन्त्री दाहालले आवश्यक तयारी गरेको स्पष्ट पारे ।

पार्टीले अगाडि बढाएको देशव्यापी रूपान्तरण अभियानले नयाँ उत्साह पैदा गरेको उनको भनाइ छ । अभियानका क्रममा विकास निर्माणको काम अगाडि बढाइएको तथा जनतासँग सम्बन्ध विस्तारमा केन्द्रित गरिएको उनले जानकारी दिए । पार्टीले सञ्चालन गरेको अभियान सकारात्मकरूपमा अगाडि बढेको र जनताको साथ र अगाध समर्थन पाएको प्रवक्ता सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ५ : ४३ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि

इपीएलः आर्सनल बराबरीमा रोकियो

काठमाडौं – हुँवा पेड्रोले गरेको पेनाल्टी गोलमा ब्रिङटनले आर्सनलसँगको खेलमा

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक

लगातार चौथो खेलसम्म विजयबिहीन चेल्सी : प्यालेससँग बराबरीमा रोकियो

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा चेल्सीको विजयबिहीन यात्रा लगातार चौथो

एमाले केन्द्रीय समिति बैठक आजदेखि 

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु