कतारमा तीज विशेष कार्यक्रम सम्पन्न « Khabarhub

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो ।

नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सभ्य,भब्य, रूपमा सम्पन्न भएको नेपाली महिला समाज कतारकी अध्यक्ष
सरिता भण्डारी पौडेलले जानकारी दिईन ।

तीज विशेष कार्यक्रम अल थुमामास्थित एथ्लेन स्पोर्ट्स क्लबको इभेन्टस हलमा धूमधामले मनाइएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । सबै मिलेर ती मनाउन पाउँदा आनन्दको अनुभूति महसुस भएको उपस्थिति दिदीबहिनीहरुले बताएका थिए ।

कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान(प्रदान गरिएको थियो । तीज जस्तो पर्वले सबैलाई जोड्ने र चेलीबेटीहरूको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको महिला समाज कतारकी अध्यक्ष भण्डारी पौडेलले बताईन ।

आगामी दिनमा पनि साथ, सपोर्टको अपेक्ष्या राख्दै हामी बिचको भाइचारा र एकता सदैव रहने विश्वास व्यक्त पनि व्यक्त गरिन् ।
अध्यक्ष भण्डारी पौडेलले कार्यक्रमको छिट्टै समिक्षा बैठक राखेर सबैका सल्लाह सुझाव सहित यसपटक भएका कमिकमजोरीलाई आगामी कार्यक्रम बाट सुधारेर लैजाउने प्रतिवद्द्ता जनाईन् ।

कार्यक्रममा प्रमुख अतिथिति नेपाली दूतावास कतारका कार्यबाहक राजदूत कृष्ण प्रसाद सुवेदी, दूतावास परिवार , कतार स्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, एनआरएन उपाध्यक्ष आरके शर्मा, सह(कोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व सह(संयोजक केवी हमाल, एनआरएनए कतारका अधक्ष्य रमेश भट्ट ,नेपाली महिला समाज कतारका प्रमुख सल्लाहकार अमिन खान लगायत अन्यको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : ३८ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक