पारिजातको फूल किन सूर्योदयअघि नै झरिसक्छ ?  « Khabarhub

पारिजातको फूल किन सूर्योदयअघि नै झरिसक्छ ? 


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57.4k
Shares
  • change font
  • change font
  • change font

पारिजातको फूल हामी सबैले देखेका छौँ । पारिजातको फूल महिलाले नाकमा लगाउने फुली जस्तै देखिन्छ । यो चाँदी जस्तै सेतो हुन्छ भने यसको नली सुन्तला रङ्गमा अलि पहेँलोपहेँलो हुन्छ । पारिजात एक यस्तो फूल हो जुन झरेपछि मात्र चढाउन योग्य मानिन्छ ।

पारिजातको पौराणिक कथा अनुसार एकजना पारिजात नाम गरेकी राजकुमारी थिइन् । उनको उमेर बढ्दै जाँदा युवा अवस्थामा सूर्यसँग एकतर्फी प्रेम बसेछ ।

जसका कारण  एकदिन उनले हिम्मतका साथ सूर्यलाई आफ्नो मनको कुरा खोल्दै प्रेम प्रस्ताव राखिछन् । तर, उनको प्रेम प्रस्ताव सूर्यले अस्वीकार गरिदिएछन् ।

प्रेम प्रस्ताव अस्वीकार भएको चोट सहन नसकेर राजकुमारीले आत्महत्या गरिछिन् र उनको दाहसंस्कार भयो ।

राजकुमारीको दाहसंस्कार गरेको ठाउँमा एउटा वनस्पति पैदा भयो । जसको नाम पारिजात कहलिन पुग्यो ।

यो फुल रातमा फुल्छ, तर बिहान सूर्योदय हुनुअगाडि नै झरिसक्छ । जसलाई अहिले पारिजातले सूर्यलाई हेला गरेको भनेर पनि अनुमान गरिन्छ ।

पारिजातको फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएको शास्त्रहरूमा भेटिन्छ ।

अनेक देवदेवीको प्रिय यो फूल बोटबाट टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास रहँदै आएको छ । भगवानको प्रिय यो फूललाई पवित्र मानिन्छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ७ : ०८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने