आजको फलफूल तथा तरकारीको मूल्यसूची | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार टनेल गोलभेँडा सानो प्रतिकेजी ७० रुपैयाँ, लोकल गोलभेँडा सानो ५०, भारतीय ठूलो गोलभेँडा ५०, भारतीय गोलभेँडा सानो ६०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौँला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३८० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १२०, मूला सेतो ९०, भन्टा डल्लो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, निगुरो ९०, रातो बन्दा २००, लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी १६० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जनको १५०, अनार ३५०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३८०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ९०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०, परबर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ६४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, सरिफा २००, फुजी स्याउ २५०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ९०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ५०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : ५८ बजे

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत खर्च आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं– चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण