बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा विस्फोट « Khabarhub

बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा विस्फोट


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोट भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा भएको विस्फोटमा कुनै मानवीय क्षति नभए पनि राजमार्गमा ठूलो खाडल परेको छ । 

विस्फोट भएपछि आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले सो स्थानको अवलोकन गरेको थियो । 

अवलोकनका क्रममा टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

विस्फोट भएको स्थानमा खिया लागेको तारका टुक्रा र चुनजस्तो देखिने धुलो मात्र फेला परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : ०१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका